पत्रकार र शिक्षक उम्मेदवार

इलाम, । स्थानिय निकायको निर्वाचनमा उम्मेदवारी दिन पत्रकार महासघइलाममा दुई पत्रकारले राजिनामा दिएकका छन् 

शाखाको कोषाध्यक्ष जय राई र कार्यसमिति सदस्य ठाकुर श्रेष्ठले आ–आफ्नो पदबाट राजीनामा दिएर नेकपा एमाले बाट उम्मेदवार बनेका हुन् ।

राई सूर्योदय नगरपालिका–९ र श्रेष्ठले इलाम नगरपालिका वडा नं ५ को वडाध्यक्षका लागि को उम्मेदवारी दिएका छन् ।

दुवै पत्रकारले उम्मेदवार बन्न राजीनामा दिइसकेको अध्यक्ष कोकिला ढकालले बताइन् । यसैगरी पत्रकार महासघ इलाममा जागिर समेत छाडेका छन् ।

शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाउने व्यवस्था गरेपछि राजनीतिमा लाग्ने लक्ष्यका साथ तीन शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

राजीनामा दिनेमा देउमाई नगरपालिकास्थित महेन्द्रोदय आधारभूत विद्यालयका दावा तामाङ, त्रिभुवन आधारभूत विद्यालय जर्सिङगाउँका धनबहादुर राई र इलाम नगरपालिका घोषस्थित देवकोटा आधारभूत विद्यालयकी शिक्षिका डालाकुमारी कार्की रहेकी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...