बन्द गर्न होडवाजी

मोर्चाको बन्द फिर्ता, एमालेको सुरु

Letters

काठमाडौं । निर्वाचन विथोल्न बन्दको आव्हान गरेको मधेशी मोर्चाले बन्द फिर्ता लिएको छ । तर, नेकपा एमालेले मोर्चाको बन्द फिर्ता भएकै दिन बन्दको घोषणा गरेका छ ।

मोर्चाले दोस्रो चरणको निर्वाचन विथोल्न १८ र १९ गते दुई दिन बन्दको घोषणा गरेको थियो । तर, चितवनमा मतगणनाको माग गर्दै एमालेले १८ गते चितवन बन्दको घोषणा गरेको छ ।

चितवनको भरतपुर महानगरपालिकामा भएको निर्वाचन पश्चात मतगणनाको क्रममा एमाले र माओवादीबीच विवाद भएपछि उग्र रुप लिएको थियो । त्यसैको विरोधमा एमालेले एक दिन बन्दको घोषणा गरेको हो । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले विवादीत वडा नम्बर १९ मा फेरी मतदान गर्न माग गरेका छन् ।

विवादपछि माओवादी कार्यकर्ताले मत पत्र च्यातेको एमालेले आरोप लगाएको छ । विवादपछि स्थगित भएको मतगणना अहिलेसम्म सुचारु हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस