काठमाडौंमा १३ हजार मतले एमाले अगाडि

Bidhya sundar shakya

काठमाडौं । काठमाडौँ महानगरपालिकामा एक लाख ३२ हजार ८ सय ८६ मतगणना गर्दा नेकपा (एमाले) ४४ हजार ३ सय २१ मत प्राप्त गरी आफ्नो अग्रता कायम गरेको छ ।

अहिलेसम्म एमालेका विद्यासुन्दर शाक्यले ४४ हजार ३ सय २१ मत प्राप्त गरीेका छन् । नेपाली काँग्रेसका राजुराज जोशीले ३० हजार ९ सय ७० मत प्राप्त गरेका छन् ।

मेयरमा विवेकशील पार्टीकी रञ्जु दर्शनाले १६ हजार ६१ र साझाका किशोर थापाले १२ हजार ५७ मत पाएका छन् भने माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ४ हजार ९ सय ७४ मत पाएका छन् ।

उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ४० हजार १ सय ५, राप्रपाका राजाराम श्रेष्ठले २४ हजार १ सय ३, साझा पार्टीका निरुपमा यादवले ७ हजार ७ सउ ९० र माओवादी केन्द्रकी सुशीला पौडेलले ६ हजार ५ सय ५८ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...