माओवादी–काग्रेसको माग :पुन मतदान

एमाले भन्छ हामीलाई हराउन षडयन्त्र हुँदैछ

Matpatra

चितवन । मतपत्र च्यातिएपछि विवादमा तानिएको भरतपुर महानगरपालिकाको निर्वाचन शंकाको घेरामा पुगेको छ ।

मतपत्र च्यातिएको स्थानमा माओवादीले पुनः मतदानको माग गर्न थालेको छ । यसलाई एमालेले आफुलाई हराउने षडयन्त्रको रुपमा लिएको छ ।

माओवादी केन्द्रले चितवनले मतपत्र च्यातिएर मतगणना स्थगित भएको वडा नम्बर १९ मा पुन मतदानको माग गरेको छ । जहाँ कांग्रेसको बाहुल्यता धेरै छ । यसका आधारमा पुनः निर्वाचन हुँदा आफुले जित हात पार्न सकिन्छ भन्ने माओवादी बुझाई छ ।

माओवादी केन्द्रले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० अनुसार उक्त वडामा पुनः मतदानको माग गरेको हो । माओवादीले जारी गरेको विज्ञप्तिमा उक्त घटना एमालेले घटाएको आरोप लगाएको छ ।

जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले नियमानुसार पुनः मतदान हुनुपर्ने बताए । उनले मतगणनाको अन्तिम समयमा आएर निर्वाचनलाई प्रभाव पार्ने नियतले एमालेले गरेको हर्कतले लोकतन्त्रमाथि उसको प्रतिबद्धताप्रति नै प्रश्न चिह्न उठाएको आरोप लगाएका छन् ।

मतपत्र च्यातिएपछि आइतवार मध्यरातीदेखि भरतपुर महानगरपालिकाको मतगणना स्थगित छ भने मतपत्र च्यातिएको विषयमा छानवीन गर्न समिति नै गठन गरिसकेको छ । सो समितिले अनुसन्धान समेत सुरु गरिसकेको छ ।

उक्त वडामा एमालेले मतगणना अगाडि बढाउन माग गरेको छ भने नेपाली काँग्रेसले पनि पुनः मतदानको माग गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...