कार्यालय सहयोगीदेखि वडा अध्यक्षसम्म

Yamlal kdel

चितवन, । केही दिनअघिसम्म वडाका गल्लीगल्लीमा भ¥याङ बोकेर सडक बत्ती मर्मत गर्दै हिँड्ने यमलाल कँडेल अहिले यहीँ वडाको अध्यक्ष भएका छन् । भरतपुर महानगरपालिका–९ का नवनिर्वाचित अध्यक्ष कँडेल कुनै बेला यहीँ वडाको कार्यालय सहयोगी थिए ।


पार्टीका कतिपय नेताले निर्वाचनमा पैसा खर्च गर्न सक्दैन भनेर टिकट दिन आनाकानी गरेका थिए । तर पैसा खर्च गर्न नसके पनि चुनावमा जितेर देखाए कँडेलले ।विसं २०२३ मा बागलुङको बिउँमा जन्मिएका कँडेलको परिवार २०२६ सालमा चितवन झरेको हो ।

१३ वर्षको उमेरमा बुबा गुमाउनु भएका कँडेलमाथि आफ्ना दुई भाई, दुई बहिनी र आमाको पालनपोषण र शिक्षादिक्षा गर्ने जिम्मेवारी पनि थपियो ।“बुबाको स्वार्गारोहणपछि हाम्रो बाल्यकाल निकै कष्टपूर्ण बित्यो ।”

त्यतिमात्रै नभए्र, पहिलेदेखि नै कँडेलले अर्काको जमिन अधियाँ र ठेक्कामा कमाएर परिवार पाल्दै आएका थिए । घरमै पुगेका पत्रकारसँग उनले खुलेर भने “अहिले पनि म एक बिगाहा अर्काको जग्गा कमाइरहेको छु ।”

नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका कँडेलले एक हजार ५३५ मत प्राप्त गरेका थिए । भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सन्तलाल गुरुङले एक हजार १२२ र माओवादी केन्द्रका ज्ञानकुमार श्रेष्ठले ५८१ मत प्राप्त गरेका थिए । रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...