फेरि सारियो निर्वाचनको मिति

आयोगको कार्यतालिका सबै हेरफेर हुने

काठमाडौं । मधेशी मोर्चालाई फकाउन सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति सारेको छ । सरकारले यही ३१ जेठमा दोेस्रो चरणको निर्वाचन गर्ने बताएको थियो ।

निर्वाचन आयोगले निर्धारित गरेको कार्यतालिका अनुसार १९ जेठमा मनोनयत्र दर्ता गर्ने उल्लेख थियो । तर, राजनीतिक दलबीच निर्वाचनको मिति सार्ने घोषणा भएसँगै आयोगको कार्यतालिका पनि हेरफेर हुने दखिएको छ ।

 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ३१ जेठमा गर्ने भनिएको दोस्रो तहको निर्वाचन ९ असारमा गर्ने निर्णय गरेको हो ।

आइतवारसम्म निर्वाचनको मिति सारे आफुलाई अमान्य हुने बताउँदै आएको नेकपा एमाले पनि निर्वाचन सार्न मञ्जुर देखिएपछि सरकारले ९ असारको मिति तय गरेको हो ।

सरकारले आफुहरु निर्वाचनमा भाग लिने मधेशी मोर्चाले बताएपछि निर्वाचनको मिति सारेको हो । अब ९ असारमा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मोर्चा सहभागि हुने भएको छ ।

निर्वाचनको मिति सार्ने निर्णय गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...