मतपत्र च्यातिएपछि अबरुद्ध मतगणना सुरु गर्न माग  

Amale

चितवन, । नेकपा एमाले चितवनले पत्रकार सम्मेलनको आयोजना गरी गएराति मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सञ्चालन गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले माओवादी केन्द्र नेतृत्वको निर्देशनमा उक्त पार्टीका द्रोर्णबाबु शिवाकोटी, मधु न्यौपाने र दिलीप पौडेललगायतले मतपत्र च्यातेको भन्दै उनीहरुलाई कानुनी कारबाहीसमेत गर्न माग गरे ।

भरतपुर महानगरपालिका वडा नं १९ को शान्तिपूर्ण ढङ्गले मतगणना भइरहेको समयमा मतपत्र च्यातिएको विज्ञप्तिमा जनाइएको छ ।

मतपत्र च्यातिएपछि तत्काल घटनाको बारेमा सत्यतथ्य जानकारी मिडियामार्फत दिन र च्यातिएका मतपत्र अलग राखी बाँकी मतपत्र गणना गर्नुपर्छ भन्ने निर्वाचन अधिकृतसमक्ष माग राखेको भए पनि निर्वाचन अधिकृतले मागलाई सुनुवाइ नगरी गणना कार्य स्थगित गरिएको भन्दै विज्ञप्तिमा विरोध गरिएको छ ।

माओवादी निकट केही सामाजिक सञ्जालमा एमालेलाई समेत मुछी भ्रामक कुरा सार्वजनिक गरिएको भन्दै सोको पनि खण्डन गरिएको छ । माओवादी केन्द्र निकट व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत मतपत्र च्यात्ने काम एमालेले गरेको आरोप लगाएका थिए ।

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा जिल्ला अध्यक्ष पोखरेलले पुनः मतदान सम्भव नरहेको बताउँदै यस्तो कार्यले दोस्रो चरणको मतदानपछि पनि मतपत्र च्यात्नेलाई प्रोत्साहन गर्ने बताए ।

भरतपुर महानगरपालिकाका २९ मध्ये २७ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने १९ नं वडाको मतगणना अन्तिम चरणमा पुग्दा राति ११ः४४ बजे मतपत्र च्यातिएको हो ।

भरतपुर महानगरमा माओवादी केन्द्र र काँग्रेसको संयुक्त गठबन्धनबाट प्रमुख पदमा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका तर्फबाट देवीप्रसाद ज्ञवालीबीच कडा प्रतिस्पर्धा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...