दलित अयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

Dalit aayog news

काठमाडौं । राष्ट्रिय दलित आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०र८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गरेका हुन् ।

सोप्रतिवेदनमा आयोगको परिचय, दलितको हक, हित, अधिकारसम्बन्धी व्यवस्था, दलितको अवस्था, राज्यका निकायमा प्रतिनिधित्‍व, आयोगबाट सम्पादन भएका मुख्य कार्यहरु, आयोगका सिफारिस, सुझाव, कार्यान्वयनको अवस्था, आर्थिक तथा भौतिक स्रोत साधनको अवस्था, आयोगका अवसर, चुनौती र भावी कार्यदिशाहरुसमेत समेटिएको आयोगका सदस्य सुन्दर पुर्कुर्टीले बताए ।

यसअघि आयोगले उक्त प्रतिवेदन सात वटै प्रदेशका प्रमुखहरुलाई बुझाएको थियो । उक्त प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउन आयोगका सदस्यहरुले जिम्मेवारी लिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...