रास्वपाको १४ जनाको जम्बो टोलीलाई चीनबाट नेपाल फर्किन टिकटकै समस्या

Rsp team in china visit

काठमाडौं । आइतबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा निक्कै संकट आइसकेको थियो । सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन गरेको भन्दै प्रहरीले पक्राउ गर्ने भन्ने हल्ला फैलिएपछि निक्कै खैलौला मच्चियो । राजधानीमा उपलब्ध भएका नेता कार्यकर्ता पार्टी कार्यालय पुगे ।

१० दिनको लागि चीन गएका उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वको टोली हतारमा सोमबारै नेपाल फर्किने भनियो । किनकी रवि लामिछाने पक्राउ पर्ने निश्चित जस्तै थियो । तर तत्काल पक्राउ गर्न प्रहरी हच्कियो । त्योसँगै चीन गएको टोली पनि उतै रोकियो । यसको मुख्य कारण तत्काल फर्किने टिकट नपाउनु नै हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा ७ जना सांसद र ७ जना गैरसांसदसहित १४ जनाको टोली शनिबार राति चिन गएको थियो । अब १० दिने चीन भ्रमणमा गएको रास्वपाको टोली बुधबार मात्रै नेपाल फर्किने भएको छ । बल्लबल्ल टिकट पाएपछि भोलि मात्रै फर्किने सह प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

उपसभापति वाग्लेसहित, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका थिए ।

सहकारीको बचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै जीबी राई, रास्वपा सभापति रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

सोही प्रतिवेदन अनुसार कारबाही अघि बढाउन गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई आग्रह गरेकै दिन आइतबार छविलाल पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत कास्कीले सोमबार ५ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...