दलित पत्रकार संघ तनहुँको अध्यक्षमा पूर्ण विके चयन

Dalit patrakar sang tanahu

दमौली । राष्ट्रिय दलित पत्रकार संघ तनहुँको अध्यक्षमा पूर्ण विके सर्वसम्मत चयन भएका छन् ।

आइतबार दमौलीमा सम्पन्न दोस्रो अधिवेसनबाट बिकेलाई सर्वसम्वत चयन गरेको हो । संघको उपाध्यक्षमा अशोक बिश्वकर्मा, सचिवमा शर्मिला बिक, सहसचिव सुरेश सेन्चुरी र कोषाध्यक्षमा अन्जान परियार चयन भएका छन् ।

समितिको सदस्यहरुमा देव गजमेर, अमृत परियार, ऋतिका सुनार र सपना सेन्चुरीलाई चयन गरेको छ । सो अधिवेशनले केन्द्रिय प्रतिनिधिमा एसबि नेपाली र प्रदेशमा शालिकराम सुनार चयन भएका छन् ।

सो अधिवेसनको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले उदघाटन गरेका थिए । सो अधिवेसनमा भानु नगरपालिकाकी कार्यवाहक नगरप्रमुख उमा गोतामे, व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, नेपाल पत्रकार महासंघ तनहुँ शाखा अध्यक्ष उज्वल पौडेल, व्यास नगर कार्यपालिका सदस्य रनसिं नेपाली, चन्द्रमाया परियार, तनहुँ सुनचादी व्यवसायी संघका अध्यक्ष हरि गहतराज, राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखा अध्यक्ष श्याम बिक, दलित नेता कृष्ण रुचाल लगायतले जातीय विभेदका घटनालाई उजागर गरिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...