घिमिरेको संयोजकत्वमा बन्यो जनप्रगतिशील मञ्च पोर्चुगलको विशेष अधिवेशन आयोजक समिति

Portugal manch

काठमाडौं । जनप्रगतिशील मञ्च पोर्चुगलको देवराज घिमिरेको संयोजकत्वमा विशेष अधिवेशन आयोजक समिति गठन गरेको छ ।

नेकपा माओवादी निकट मानिएको जनप्रगतिशील मञ्चको गत फेब्रुअरीमा सम्पन्न सातौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष सीता ढकाल सुबेदीलाई कार्यसमितिको दुई तिहाइ बहुमतद्वारा निलम्बन गर्दै देवराज घिमिरेको संयोजकत्वमा ६१ सदस्यीय विशेष अधिवेशन आयोजक समिति गठन गरेको छ । घिमिरे नेपालमा रहँदा अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रिय सदस्य थिए ।

आइतबार बसेको कार्य समितिको बैठकले अध्यक्ष ढकाललेलाई सङ्गठनको सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । उनले मञ्चमा अराजकता सृजना गरेको, समितिका सदस्यहरुलाई गाली गलौच गर्ने, एकलौटी ढङ्गबाट सङ्गठन हित विपरीत क्रियाकलाप गरेको, सङ्गठनको गोपनीयता भङ्ग गरेको,आफू मञ्चको संयोजक हुँदादेखि समर्थक शुभेच्छुकहरूबाट संकलन गरिएको रकम सङ्गठनमा पेस नगरी आर्थिक अपचलन गरेको जस्ता लगायतका आरोप लागेको छ ।

बैठकले सङ्गठनको विशेष अधिवेशन ६ महिनाभित्र गर्नेगरी देवराज घिमिरेको संयोजकत्वमा ६१ सदस्यीय विशेष अधिवेशन आयोजक समिति गठन गरेको छ ।

अध्यक्ष सीता ढकाल सुबेदीलाई कारवाही गरी घिमिरेको संयोजकत्वमा बनाइएको विशेष अधिवेशन आयोजक समितिमा रेशम बस्नेत, अनन्त तिवारी, दुर्गा पौडेल, सरिता शर्मा, युवराज खनाल, बुद्धि बराली लगायत सदस्य रहेका छन् । मञ्चका वरिष्ठ उपाध्यक्ष रेशम बस्नेतको अध्यक्षतामा बसेको बैठकको सञ्चालन सचिव गोविन्द अधिकारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...