यसरी भव्य रुपमा मनाइयो ३० औँ विश्व आदिवासी दिवस (फोटो फिचरसहित)

30th indegenious day at kathmandu

काठमाडौं । ३० औँ विश्व आदिवासी दिवस मनाइएको छ । स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण भन्ने संयुक्त राष्ट्रसंघको मूल नारासहित शुक्रबार विश्व आदिवासी दिवस मनाइएको हो ।

दिवसको अवसरमा नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा काठमाडौंमा झाँकीसहितको र्‍याली निकालिएको छ । मगर, थारु, नेवार, तामाङ, राई, लिम्बूलगायत जातीय संस्थाहरुले आ(आफ्नो ब्यानरमा र्‍याली निकालेका छन् ।

यता, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले विधिसम्मत ढङ्गले संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताएका छन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रममा उनले संविधान संशोधन बहुमतको बलमा नभएर विधि प्रक्रियाबाट हुने र आदिवासी जनजातिको अधिकारलाई सम्बोधन गरिने स्पष्ट पारे ।

उनले समाजमा उठेका सवाल र असन्तुष्टिको सम्बोधन गर्नका लागि संविधान संशोधन गर्न लागिएको बताए । ‘संविधानले संशोधनले प्राप्त अधिकार कटौती हुन्छ भन्ने गलत भाष्य बनाउने प्रयास भइरहेको छ, जुन गलत हो’, उपप्रधानमन्त्री सिंहले भने, ‘हामीले लडेर ल्याएको सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र र समावेशिताको पूर्ण कार्यान्वयनका लागि संशोधन महसुस गरिएको छ ।’

उनले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकार प्राप्ति तथा कार्यान्वयनका लागि एकजुट हुनसमेत आह्वान गरे । ‘अधिकारलाई जीवन्त राख्नका लागि हामीले विगतको पृष्ठभूमिलाई बिर्सन हुँदैन, वर्तमानमा चित्त नबुझेका कुरा विधि र प्रक्रियाअनुसार राख्नुपर्छ ।’ समारोहका महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले जलवायु परिवर्तन र ठूला विकासका परियोजनाका कारण आदिवासीहरू आफ्नो स्थानबाट विस्थापित हुन बाध्य भएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

उनले शुभकामना व्यक्त गर्दै देशको ३६ प्रतिशत जनसङ्ख्या रहेका आदिवासी जनजातिको संविधान प्रदत्त अधिकारको कार्यान्वयनको माग गरे । उनले भाषा दशकलाई प्रभावकारी बनाउन र युवाको विदेश पलायन रोक्नका लागि समेत सरकारको ध्यानाकर्षण गराए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिए राजीनामा, निर्वाचन अनिश्चित

Bipul pokharel fnj

काठमाडौं । समयमै निर्वाचन गर्न असफल बनेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलल...