हेलिकप्टर दुर्घटना : काठमाडौं ल्याइयो ५ जनाकै शव, भोली पोस्टमार्टम

तेस्रोपटक अस्ताएका क्याप्टेन जोगिएका थिए दुई दुर्घटनामा

Dynasty helicporter accident nuwakot

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर (७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा ज्यान गुमाएका पाँचै जनाको शव काठमाडौं ल्याइएको छ ।

दुर्घटनामा परेका मृतकको पोस्टमार्टम भोलि बिहानदेखि सुरू हुने भएको छ । सुरक्षा टोलीले शव संकलन गरेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याउँदै गरेको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार सामान्यता पोस्टमार्टम कार्यालय समयमा गरिन्छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको उद्धार टोलीले पाइलट अरुण मल्ल र चार जना चिनियाँ पर्यटकको शव घटनास्थलबाट निकालेका हुन् ।

बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको छ । जसमध्ये चार जना चिनियाँ नागरिक हुन् । हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।

हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले नेपाली सेनाका बरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आयोगमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु भएको मितिले ३० दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि तोकिएको छ ।

हेलिकोप्टर उडानमा निकै अनुभवी र पोख्त पाइलटका रूपमा चिनिएका मल्लले यसअघि नै पटकपटक मृत्युसँग साक्षात्कार गरेका थिए । एकपटक युद्धरत तत्कालीन नेकपा माओवादीको कब्जाबाट र दुईपटक हेलिकप्टर दुर्घटनाबाट उनी उम्किएका थिए ।

तत्कालीन विद्रोही माओवादीले वि।सं। २०५९ भदौ २४ गते सोलुखुम्बुको जुबुस्थित प्रहरी चौकीमा आक्रमण गर्दा क्याप्टेन मल्ल घाइतेको उद्दारमा खटिएका थिए । त्यतिखेर सञ्‍चालित कर्णाली एअरको मेडिभ्याक हेलिकप्टर उडाएर उनी जुबु पुगेका थिए ।

रसियाबाट हेलिकोप्टर उडान तालिम लिएका मल्लले माओवादी आक्रमणमा घाइते भएका चारजना बिरामीलाई उपचारका लागि काठमाडौं ल्याउन खोज्दै थिए । तर, तत्कालीन विद्रोही माओवादीले हेलिकप्टरमै आक्रमण गरे । आगो लगाउनुअघि माओवादीहरूले हेलिकप्टरबाट पाइलट र चारजना बिरामीलाई बाहिर निकालेका थिए ।

उनीहरूले पाइलट मल्ल र एक घाइतेलाई अपहरण गरेका थिए भने अन्य तीनलाई छाडिदिएका थिए । अपहरणमा परेको केही दिनपछि पाइलट मल्ललाई पनि माओवादीले कब्जाबाट मुक्त गरेका थिए ।

मल्लले दोस्रोपटक २०७० असोज १० गते बिहान ८ बजेर २० मिनेट जाँदा सोलुखुम्बुकै लुक्लामा मृत्युलाई पराजित गरेका थिए । दुई यात्रु लिएर तेञ्जिङ हिलारी विमानस्थलको हेलिप्याडमा ल्याण्ड गर्न खोज्दा मल्लले उडाएको हेलिकप्टर विमानस्थलको तारबारमा ठोक्किएको थियो ।

त्यतिखेर मल्लले डाइनेस्टी हेलिसर्भिसेसको नाइनएन–एइएक्स हेलिकप्टर उडाएका थिए । उक्त दुर्घटनामा दुई यात्रु घाइते भएका थिए भने क्याप्टेन अरुण र सोनाम छिरिङ शेर्पाको सकुशल उद्दार भएको थियो ।

क्याप्टेन मल्ल तेस्रोपटक २०७९ चैत २९ गते हवाई उडानकै क्रममा मृत्युमाथि हावी हुन सफल भएका थिए । आज नुवाकोट सूर्यचौरमा दुर्घटना भएकै हेलिकोप्टर त्यस दिन ह्याम्स अस्पतालको छतमा अवतरण क्रममा दुर्घटनामा परेको थियो ।

उक्त दिन क्याप्टेन मल्लले त्रिभुवन विमानस्थलबाट उडाएर ह्याम्स अस्पतालको छतमा हेलिकोप्टर अवतरण गराउँदै थिए । बिरामी लिन चितवन भरतपुरतर्फ जान चिकित्सक टोली लिन उनी अस्पतालको हेलिप्याडमा पुगेका थिए । तर अवतरण गर्न खोज्दा हेलिकप्टर ठोक्किएर टेल रोटर भाँचिएको थियो । उक्त दुर्घटनामा कसैलाई पनि चोटपटकभने लागेन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिए राजीनामा, निर्वाचन अनिश्चित

Bipul pokharel fnj

काठमाडौं । समयमै निर्वाचन गर्न असफल बनेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलल...