चार एआईजीको सरुवा, ज्ञवालीलाई थन्क्याइयो प्रदेश समन्वय विभागमा

Aig saruwa

काठमाडौं । नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षकको सरुवा भएको छ । जसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखबाट एआईजी श्याम ज्ञवालीलाई हटाइएको छ ।

यसअघि उपत्यका प्रहरी प्रमुख रहेका एआईजी दीपक थापालाई सीआईबीको जिम्मा दिइएको छ । थापा आगामी चैतमा प्रहरी महानिरीक्षक बन्ने सबैभन्दा बलिया उम्मेदवार पनि हुन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखबाट थापालाई सीआईबी प्रमुखको जिम्मेवारी दिइएको हो ।

कार्य विभाग प्रमुख एआईजी किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रमुख, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवाली र कार्य विभागमा रामदत्त जोशीलाई सरुवा गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

ज्ञवालीलाई भने सबैभन्दा कम भूमिकाको मानिने प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । एआईजी उमेशराज जोशी अनिवार्य अवकासमा गएपछि उक्त स्थान रिक्त भएको थियो ।

सीआईबीबाट प्रहरी प्रधान कार्यालय सरुवा गरिएका ज्ञवालीमाथि प्रहरी प्रधान कार्यालयले नै छानबिन गरिरहेको छ । पदीय आचरणविपरीत गतिविधि गरेको आरोपमा एआईजी ज्ञवालीमाथि छानबिन गर्न एआईजी टेकप्रसाद राई नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।

यसअघि ज्ञवाली सीआईबी प्रमुख थिए भने थापा उपत्यका प्रहरी कार्यालयमा थिए । बज्राचार्य प्रहरी प्रधान कार्यालयमा थिइन् भने जोशी हालै बढुवा भएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिए राजीनामा, निर्वाचन अनिश्चित

Bipul pokharel fnj

काठमाडौं । समयमै निर्वाचन गर्न असफल बनेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलल...