निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२ औँ अधिवेशनका अवसरमा निशान न्युज डटकमका अध्यक्ष तथा सम्पादक बराइलीलाई १० हजार राशीको दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मान गरेको हो ।

बराइली नेपाल पत्रकार महासंघको निवर्तमान केन्द्रिय सदस्य हुन् भने काठमाडौं शाखाको केन्द्रिय परिषद सदस्य हुन् । उनी २३ वर्षदेखि पत्रकारीतामा क्रियाशील रहँदै आएका छन् । धनकुटाकै पहिलो सामुदायी रेडियो धनकुटा एफएमका अध्यक्षसमेत रहेका बराइली रेडभ्वाइस नेपाल अग्रेजी अनलाईन र विएफविएस गोरखा रेडियोमा समेत कार्यरत छन् ।

महासंघले बराइली, कालिका महत, विष्षु निष्चल, दामोदर दवाडी, इन्द्र रिजाल, सागर पन्तसहित २६ जनालाई विभिन्न विधाका पुरस्कारबाट सम्मान गरेको छ । उनीहरुलाई सुचना तथा सञ्चार प्रविधिमनत्री रेखा शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी लगायतले सम्मान गरे ।

 

प्रतिकृया दिनुहोस