होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा ललितपुरमा २ जनाको मृत्यु, १८ जना पक्राउ

Jhadap 2

काठमाडौं । ललितपुरमा होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ ।

आइतबार राति ललितपुरको धोलाहिटीमा होली खेलिसकेपछि होटेलमा मदिरा सेवन गरेको समूहबीच झडप भएको थियो । मृत्यु हुनेमा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राई रहेका छन् । उनीहरु दुवैजना ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा बस्दै आएका थिए ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार घटनामा संलग्न भएको आरोपमा हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको छ ।

उनीहरूको शरीरका विभिन्न भागमा छुरा प्रहार भएको पाइएको छ । पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ । उनीहरू दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको एसपी सुवेदीले बताए ।

पाँचथर घर भएका पुजन ललितपुरको खुमलटारमा बस्थे । सुनसरीको धरान घर भएका रोवश ढोलाहिटीमै डेरामा बस्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुबीच होली खेल्ने क्रममा विवाद भएर ग्याङ फाइट भएको आशंका प्रहरीले गरेको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस