नासो कम्युनिटीको क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा ध्रुवराज विक चयन

Naso news

क्यालिफोर्निया (अमेरिका) । अमेरिकामा बसोबास गर्दै आएका दलित समुदायको साझा संस्था नेपाली अमेरिकन सोसाइटी (नासो) क्यालिफोर्निया च्याप्टरमा नयाँ नेतृत्व नयन भएको छ ।

हालै सम्पन्न साधारणसभाले अध्यक्षमा ध्रुवराज विक, वरिष्ठ उपाध्यक्ष माया टमटा, उपाध्यक्षहरुमा ओम थापा, जुम सुनार, विक्रम दियाललाई चयन गरेको छ भने सचिवमा कल्पना विक, सहसचिवहरुमा पुनम सेन्चुरी र अभिषेक लकान्द्री चयन भएका छन् ।

सो साधारणसभाले कोषाध्यक्षमा रेखा लकान्द्री र सदस्यहरुमा केशव विश्वकर्मा, सुन्दर विक, चन्द्र विक र राम गहतराजलाई चयन गरेको निर्वाचन अधिकृत जयराम टमटाले बताए ।

नेपाली कांग्रेसका युवा नेता राम लकान्द्रीको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभामा संस्थापक तथा नेपाल दलित संघका उपाध्यक्ष रामकृष्ण लकान्द्री र केन्द्रीय सदस्य भीमनारायण विश्वकर्माको पनि कार्यक्रममा उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस