सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही लगिएको छ । रुपन्देहीमा उनीविरुद्ध सहकारी ठगीसम्बन्धी उजुरी परेकाले अनुसन्धानका लागि रुपन्देही लगिएको हो ।

गत साउन २ गते बरामद भएको साढे ६१ किलो तस्करीको सुन प्रकरणमा पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वमा गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा पुनलाई प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको थियो ।

रुपन्देहीको सुप्रिम सहकारीले सर्वसाधारणको ९६ करोड रुपैयाँ बचत फिर्ता गर्न सकेको छैन । बचत फिर्ता नपाएका पीडितले दिपेशविरुद्ध पनि उजुरी दिएका थिए र उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले पनि पुनलाई कारबाही गर्न सिफारिस गरेको थियो । तर अहिले भने उनलाई सहकारी ठगीमा अनुसन्धानका लागि रुपन्देही लगिएको हो ।

यसअघि माघमा अखिल क्रान्तिकारीका महासचिव पुनसँग सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले दिपेश पुनसँग बयान लिएको थियो । सिंहदरबारमा रहेको आयोगले आइतबार बयान लिएको हो । उनी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा समेत हुन् ।

६१ किलो सुन तस्करी प्रकरणका आरोपी बेल्जियन नागरिक दावा छिरिङसँग उनको सम्पर्क देखिएपछि सुन जाँचबुझ आयोगले पुनसँग बयान लिएको समितिका एक जना सदस्यले बताए । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि उनीसँग बयान लिएको थियो ।

प्रतिकृया दिनुहोस