प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ

Pravu bank ceo

काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।

तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको सीआईबीले जनाएको छ । न्यौपानेसहित १० जनालाई सीआईबीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो । प्रहरीले कर्मचारीहरू सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।

सेन्चुरी प्रभु बैंकमा गाभिएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओमा कार्यरत थिए । सेन्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारी पाएका थिए । न्यौपानेसँगै सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि पक्राउ परेको ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।

प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंकका सीईओ रहेका न्यौपाने बैंक गाभिएपछि वरिष्ठ डेपुटी सीईओ बनेका थिए । लामो समय सीईओ नभए पनि नेपाल राष्ट्र बैंकले सीईओ नियुक्त गर्न दबाब दिएसँगै बैंक सञ्चालक समितिले न्यौपानेलाई नै सीईओको जिम्मेवारी दिएको थियो ।

प्रतिकृया दिनुहोस