फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, अब पेट्रोल १६९.५० पर्ने

Gas petrol

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । योसहित पेट्रोलको मूल्य एक महिनामै ६ रुपैयाँ प्रतिलिटर बढेको छ ।

बिहीबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको हो । निगमले १५ दिनअघि पनि भारतबाट मूल्य बढेर आएको जनाउँदै खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

निगमले बिहीबार सूचना जारी गरी तीनवटै पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने हाल बढाइएको छैन ।

नयाँ मूल्यसूची अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजेलको मूल्य १५७.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...