डयुटीमै रहेका बेला श्रीमानले गरे ३ राउण्ड गोली प्रहार, श्रीमतिको मृत्यु

Dang gun shot

दाङ । घोराहीमा श्रीमान्‌को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा ड्युटीमा रहेको बेला बिहीबार राति तीन राउन्ड गोली प्रहारबाट मृत्यु भएको हो । उनलाई ढाडमा तीन राउन्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

धनमायालाई उनका पति यमबहादुर झाँक्रीले गोली प्रहार गरेका हुन् । उनीहरु दुवै जना जवान हुन् । यमबहादुर नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत थिए भने धनमाया वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत थिइन् । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

बुढालाई आफ्नै श्रीमान् प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको आशंका गरिएको छ । श्रीमान् श्रीमतीबीच विवादले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । गोली हानी भाग्दै गरेका झाँक्रीलाई अर्जुनखोलाबाट पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस