०८१ सालमा ३५ दिन सार्वजनिक विदा, दशैं असोज २६ गते

Bida 081

काठमाडौं । सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ ।

२०८१ सालको दशैंको टीका असोज २६ गते परेको छ । तिहारको भाइटीका कात्तिक १८ गते परेको छ । असोज १७ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुनेछ । २४ गते बिहीबारदेखि असोज २८ गते सोमबारसम्म अर्थात् फूलपातीदेखि द्वादशीसम्म पाँच दिन सार्वजनिक बिदा छ ।

आगामी वर्षका बिदाहरु सार्वजनिक गर्दै सरकारले तिहारका लागि भने कात्तिक १५ गतेदेखि १९ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिने भएको छ ।

प्रतिकृया दिनुहोस