आधा घण्टा विमानस्थल बन्द ४ दिनपछि युगाण्डाबाट नेपाल फर्किए प्रधानमन्त्री

Pm prachanda nepal firta

काठमाडौं । चार दिन लामो विदेश भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । गएको बुधबार युगान्डा प्रस्थान गरेका प्रचण्ड आइतबार बिहान ९ बजे त्रिभुवन विमास्थलमा अवतरण भएका हुन् ।

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी हुन प्रचण्ड गएको बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए । युगान्डा भ्रमणको क्रममा उनले विभिन्न देशका सरकार प्रमुखहरुसँग उच्चस्तरीय भेटवार्ता गर्नुका साथै नाम सम्मेलनलाई सम्बोधन गरेका थिए । युगान्डाबाट उनी कतारको दोहा हुँदै नेपाल आएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल आगमनका दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । दोहाबाट काठमाडौं आउँदै गरेका प्रधानमन्त्रीका लागि काठमाडौंस्थित विमानस्थलका उडान अवतरण आधा घन्टाका लागि रोकिएका छन् ।

माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका उनी आज बिहान कतारको राजधानी दोहा हुँदै काठमाडौं आइपुगेका छन् । उनी सवार विमान अवतरण गर्ने क्रममा करिब आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गराइएको थियो । भीभीआईपी उडानका कारण नोटाम जारी गरी अन्य जहाजको उडान/अवतरण रोकिएको जानकारी गराइएको थियो ।

प्रतिकृया दिनुहोस