घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोलको मुल्य १६३.५० पर्ने

Oil nigam

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

भारतबाट पेट्रोलप्रतिलिटर १.२६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर ०.८३ रुपैयाँ घटेर आएकाले सोही आधारमा मूल्य समायोजन गरी १ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

प्राप्त विवरण अनुसार पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रति लिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रतिलिटर १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस