दाङको दुर्घटना : बस दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये ८ जनाको सनाखत

Rapti bridge accident

दाङ । दाङको राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ । १२ जना घाइते भएका छन् ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो । घाइतेमध्ये केहीलाई बुटवल र नेपालगञ्ज तथा केहीलाई भालुवाङ अस्पतालमा उपचार जारी राखिएको छ ।

दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये ८ जनाको सनाखत भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्ज्वल सिंहले जानकारी दिए । मृत्यु हुनेमा बाँकेका ६० वर्षीय कुसुम बस्नेत, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरीका ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रूकुमका २५ वर्षीय दीपक कामी र भारत विहारका ६७ वर्षीय जोगेन्द्र रामको सनाखत भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सिंहले बताए ।

सनाखत नभएका चार जना मृतक पुरुष हुन् । बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । राप्ती नदी माथि बनेको यो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्छ ।

मृतक र घाइतेहरू 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...