धनुषामा नग्न अवस्थामा मृत भेटियो ६ वर्षे बालिका, २ जना पक्राउ

Child death spot at dhanusha

जनकपुर । धनुषाको सबैला नगरपालिकाको कुसमाहा गाँउमा एक नाबालिकाको जबरजस्ती करणी गरी हत्या गरेको छ ।

धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको छ ।

बालिकाको जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेको धनुषाका नायब प्रहरी उपरीक्षक रञ्जन आबाले जानकारी दिए । उनका अनुसार हत्या गरी शव खाल्डोमा फालिएको फेला परेको छ । बालिका हराएको सूचना प्राप्त भएपछि प्रहरीले खोजी गर्दा घटना पत्ता लागेको जनाएको छ । बिहीबार राति ९ बजे सबैला नगरपालिका ९ स्थित मृतकको घरबाट एक किलोमिटर परको खाल्डोमा शव फेला परेको थियो ।

घटनाको अनुसन्धानमा संलग्न दुई जना युवकलाई पक्राउ गरी थप कारबाही अघि बढाइएको जनाएको छ । छिमेकीको विवाहमा गएकी उनी अबेर रातिसम्म घर नफर्केपछि उनको खोजी गरिएको थियो ।

राति नै तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिने प्रहरी निरीक्षक चौलागाईंले बताए ।

बालिकालाई रथबाट उतार्ने दुईजना युवालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिकृया दिनुहोस