सिन्धुली कारागारमा थुनुवाको मृत्यु

Sindhuli karagar

काठमाडौं । सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ ।

बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका दुधौली नगरपालिका -१० का ३० वर्षीय विमल विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएका थिए ।

बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पुर्‍याइए चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

विमलको मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ । पोष्टमार्टमपछि थप अनुसन्धान हुने डीएसपी दाहालले बताए ।

स्कुलको गाडी चालक विमल सवारी ज्यान मुद्दामा भदौ २२ मा पक्राउ परेका हुन् । सिन्धुली जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनले भने–‘पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गर्छौँ ।’

प्रतिकृया दिनुहोस