भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा खलङ्गामा दीप प्रज्वलन

Bhukampa dip prajwalan

जाजरकोट । कात्तिक १७ गते राती गएको भूकम्पमा परी निधन भएकाहरुको सम्झनामा जाजरकोट सदरमुकाम खलङ्गामा दीप प्रज्वलन गरिएको छ । भूकम्पमा निधन भएकाहरुको चीर शान्तिको कामना गर्दै आफन्त तथा स्थानीय नागरिक समाज र संघ संस्थाले खलंगास्थित ठाँटी बजारमा दीप प्रज्वलन गरेका हुन् ।

कार्यक्रममा सप्तरी जिल्लामा कार्यरत न्यायाधीश हेमन्त रावल, जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलगायत उपस्थित २५६ जनाले मृतकको तस्विरमा पुष्पगुच्छा अर्पण र दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा भूकम्पमा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको थियो ।

जाजरकोटको रामिडाँडा केन्द्र विन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भुकम्पमा परि जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको निधन भएको थियो । सयौँ जना घाइते भएका छन् भने हजाराैँ परिवार घरबास विहीन भएका छन् ।

प्रतिकृया दिनुहोस