कृषि प्राविधिक पढेका विष्णुको फूलखेती

Sayapatri fulkheti

कञ्चनपुर। कृष्णपुर नगरपालिका-६ का विष्णु विकले कृषिमा आईएस्सी एजीसम्म बढेका छन् । कृषि प्राविधिक पढेका अधिकांशको आकर्षण लोकसेवा पास गरेर सरकारी जागिर खाने नै हुन्छ ।

जागिरको खोजीमा नहिँडेर विकले फूलखेतीमै भविष्यको सपना बुन्न थालेका छन् । एक बिघा जग्गामा फूलखेती गरेर उनले गतिलो आम्दानी हात पार्न थालेका छन् । तिहारको आजसम्म विकले रु ३० हजार बढीको सयपत्री फूल बेचिसकेका छन् । भाइटीकासम्म रु दुई लाखको फूल बेचिसक्ने उनको लक्ष्य छ ।

त्यसका लागि फूलको माग आइसकेको उनी बताउँछन् । दुई वर्षअघिदेखि विकले फूलखेतीलाई व्यावसायिक रुपमा अपनाउँदै आएका छन् । नगरपालिकाबाट रु ५० हजार अनुदान रकम लिएर विकले फूलखेती सुरु गरेका हुन् । पहिलो वर्ष दुई कठ्ठा जग्गामा फूलखेती गरी तिहारका बेला रु २५ हजार आम्दानी भएको उनी बताउँछन् ।

‘यसवर्ष फूलखेतीको क्षेत्र विस्तार गरी एक बिघा पु¥याएका छौँ, विकले भने, ‘फूलको उत्पादन सोचे अनुसार राम्रै भएको छ, रु चार लाख आम्दानी हुने अनुमान छ ।’ प्रति किलो फूल रु पाँच सयमा बिक्री भइरहेको उनले जानकारी दिए ।

मल्चि¬ङ प्रविधिमा फूलखेती गरेका विकले तिहारका बेला मात्रै नभएर वर्षभरिनै फूल बेच्नका लागि कैलालीको धनगढीमा पसल राख्ने तयारी गरेका छन् । ‘तिहारका बेला बारीबाटै र कृष्णपुरको गुलरिया बजारमा सयपत्री र मखमली फूल बेचिरहेका छौ’, उनले भने, ‘तिहारपछि धनगढीमा पसल राखेर बेच्न सुरु गर्छौँ ।’ तिहारमा घर सजावट र फूलको मालाको मात्रै माग रहेको विकले बताए ।

विकले बारीमा फूलखेती गरी उत्पादन गर्ने र बजारमा पसल राखेर फूलका सजावटदेखि बरमाला, जरिमाला, रजनिगन्धाको माला, बुकी, कार डेकोरेसन, मण्डप डेकोरेसन, कार्यक्रमस्थलको सजावट लगायतका कार्यलाई व्यावसायिक रुपमा गर्ने उनी बताउँछन् । ‘मौसमी रुपमा मात्रै यहाँ फूल उत्पादन हुने गरेको छ”, विकले भने, ‘बाह्रैमास ग्राहकलाई फूल उपलब्ध गराउने योजना छ ।’

लोकसेवाको तयारी गर्न काठमाडौँ जानुभएका विकले त्यहाँ फूल बेच्न खोलिएका पसल देखेर त्यसबाट प्रभावित भएर फूलखेती थालेको बताए । ‘फूलखेती गरेर आत्मनिर्भर हुन सकिँदो रहेछ’, उनले भने, ‘केही महिना फूल पसलमा काम गर्ने अवसर पाएँ, त्यसबाट धेरै कुरा सिके, घर फर्केपछि फूल खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउने सोच पलायो ।’

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा फूलखेती गर्ने नगरपालिका क्षेत्रका तीन किसानलाई अनुदान रकम उपलब्ध गराइएको बताउछन् । ‘आगामी आर्थिक वर्षमा फुलखेती गर्ने किसानलाई थप अनुदान दिन्छौं’, उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...