निर्वाचनमय बने क्याम्पस : देशकै दोस्रो ठूलो क्याम्पसकी एक्ली महिला उम्मेदवार तिवारी बढ्यो व्यस्तता

Muna tiwari ktm

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनले विद्यार्थी राजनीतिलाई निक्कै तताएको छ ।

आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । त्यसमध्ये केहस्मा सर्वसम्मत पनि भइसकेको छ । बाँकी रहेका क्याप्सहरुमा भने कतै गठबन्धन र कतै उकल रुपमा पनि विद्यार्थी संगठनहरु चुनावी मैदानमा उत्रिएका छन् ।

शंकरदेव क्याम्पस देशको दोस्रो ठूलो मतदाता विद्यार्थी संख्या छन् । ८ हजार ८९० जना विद्यार्थी मतदाता रहेको शंकरदेवको स्ववियुको नेतृत्व लिनेगरी अनेरास्ववियुकी मुना तिवारी लागिपरेकी छन् । तिवारीसँगै नेपाली कांग्रेसनिकट नेवि संघबाट सुशान्तसिंह बस्नेत र नेकपा माओवादी केन्द्रनिकट क्रान्तिकारीबाट विरेन जीसी पनि चुनावी प्रतिष्पर्धामा छन् ।

शंकरदेव क्याम्पसको इतिहासमा हालसम्म कुनै पनि विद्यार्थी संघ वा संगठनबाट सभापतिमा महिला उम्मेदवार बनेका थिएनन् । यसअघि अनेरास्ववियुबाटै नविना लामाले बानेश्वर क्याम्पसबाट सभापतिमा विजय हासिल गरेकी थिइन् । उपत्यकाका आंगिकसहित सम्बन्धन प्राप्त ठूला क्याम्पसहरू समेतमा तिवारी एक्ली विद्यार्थी नेतृसमेत हुन् ।

सभापतिको ११ जना उम्मेदवारमा नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले भने नेविसंघका उम्मेदवारलाई समर्थन गर्ने देखिएको छ । पहिलेदेखि नै नेविसंघको अड्डाको रुपमा चिनिएको शंकरदेवमा नेविसंघभित्रको विवादका बीच तिवारीले जित्ने धेरैको आँकलन छ ।

लोकप्रिय नेतृ
विद्यार्थीमाझ निक्कै लोकप्रिय छवि रहेका कारण उनी योपटकको निर्वाचनमा शंकरदेव क्याम्पसमा जित हात पार्नेगरी लागिपरेकी छन् । पद्मकन्या क्याम्पस र अनेरास्ववियुबाटै नविना लामाले बानेश्वर क्याम्पस बाहेकका काठमाडौं उपत्यकाभित्रका ठूला क्याम्पसहरुमा महिला नेतृले नेतृत्व गर्न पाएका छैनन् । तर, उनी योपटक अर्को इतिहास रच्नेगरी शंकरदेव क्याम्पसमा हुने स्ववियुको निर्वाचनमा होमिने तयारीमा लागेकी छन् ।

यसअघि पद्मकन्या क्याम्पसबाट रामकुमारी झाँक्री र बानेश्वर क्याम्पसमा नविना लामाले मात्रै स्ववियु सभापति जित्न सफल भएका छन् । योपटक भने तिवारीले अर्काे इतिहास रच्नेगरी अभियान चलाएकी छन् । उनी शंकरदेव क्याम्पसमा निक्कै चर्चित र लोकप्रिय विद्यार्थी नेतृ भएकाले पनि योपटक उनले स्ववियुको नेतृत्व गर्ने सम्भावना बलियो छ ।

उनले योपटक विद्याथीृको मन जितेर जसरी पनि शंकरदेवमा अखिलको झण्डा फहराउने दावी गरिन् । ‘मलाई योपटक सचेत विद्यार्थीले मत दिनुहुनेछ । किनकी मैले लामो समयसम्म विद्यार्थी आन्दोलनमा जीवन व्यतित गरेको छु’, उनले भनिन्, ‘त्यतिमात्रै होइन, म शंकरदेवमा नयाँ इतिहास कायम गर्दै क्याम्पसको मुहार बदल्नुपर्छ भनेर लागेकी छु ।’

पछिल्लो समयमा क्याम्पसमा विकृति र विसंगति बढ्दै गएको छ । यसलाई हटाउने मुख्य योजना बनाएकी छन् । उनले आफ्नो क्याम्पस परिसरलाई शान्त, सुव्यवस्थित वातावरण बनाउन भूमिका खेल्ने, महिलामैत्री, अपांगमैत्री बनाउने र देशकै उत्कृष्ट छवि बोकेको क्याम्पसको रुपमा स्थापित गर्ने उनले प्रतिवद्धता गरेकी छन् ।

विद्यार्थीहरुबाट शिक्षक डराउनुपर्ने अवस्थाको अन्त्य गर्न, विद्यार्थीहरुलाई वृत्ति विकासका लागि विभिन्न कार्यक्रमहरु गर्न, महिला विद्यार्थीहरुको सुरक्षा प्रत्याभूतिका लागि विशेष भूमिका निर्वाह गर्ने तिवारीका एजेण्डा रहेका छन् ।

यस्तो छ तिवारीको राजनीतिक पृष्ठभुमी
२०५३ सालमा जन्मिएकी तिवारीको परिवार नै नेकपा एमालेमा आवद्ध छन् । उनी जन्मिदा नै उनका बुवा लक्ष्मी तिवारी वडा कमिटी सदस्य थिए । यसअर्थमा पनि मुनालाई सानैदेखि राजनीतिक छाप परेको थियो । उनी विद्यालय तहदेखि नै राजनीितमा होमिएकी थिइन् । तर, स्नातक तहसम्मको अध्ययन गर्दा खुल्ला रुपमा राजनीति गर्ने वातावरण थिएन । अर्थात् क्याम्पसमा राजनीति गर्न प्रतिवन्ध नै थियो । तर, उनी राजनीतिमा चाँही सधैं सक्रिय नै थिइन् । उनी विविएस पढ्दा नै विद्यार्थीको अध्यक्ष चुनिएर विद्यार्थीका समसया समाधानमा उत्तिकै सक्रिय बनिन् । त्यही भएर पनि उनलाई विद्यार्थी आन्दोनले सँगै तान्दै ल्यायो ।

त्यति मात्रै होइन, उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा झापाको वाह्रदशी गाउँपालिकामा उपाध्यक्षको स्वतन्त्र उम्मेदवारी दिइन् । तर राजनीितक दवावका कारण उनले उम्मेदवारी फर्ता लिनुपरेको थियो । त्यसपछि उनी काठमाडौं आइन् । त्यसपछि उनी शैकरदेव क्याम्पसमा भर्ना भइन् । त्यो बेला तत्कालीन नेकपा विभाजनपछि उनी शंकरदेव क्याम्पस कमिटीमा मनोनित भइन् । साथै उनी ऐन महर नेतृत्वको कमिटीमा केन्द्रिय सदस्य मनोनित भइन् । पछि सुनिता बरालको कमिटिमा पनि केन्द्रिय सदस्यमा दोहोरिइन् ।

उनी मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उनी निक्कै सक्रियताका साथ लागेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...