महोत्सवमा भागदौड अपडेट : २ जना बालकको अवस्था चिन्ताजनक, १६ जनाको धरानमा उपचार हुँदै

Dhankuta mahotsab ghaite 2

धनकुटा । शनिबार साँझ छिप्पिदै गर्दा धनकुटाको तल्लो टुढिखेलमा मानिसहरुको भीड अत्याधिक बढ्दै गएको थियो । माघ ६ गतेदेखि जारी पाँचो धनकुटा महोत्सवमा शनिबार गायक प्रमोद खरेल आउने कार्यक्रम थियो । साँझ ७ बजेपछि नै आयोजकले गायक खरेल आइसक्नु भएको उद्घोषण गरिरहेको थियो ।

गायक खरेल प्रवेश गरिसकेको उद्घोषण गरिँदा बालमन्दिर तर्फको गेटमा थामिनसक्नुको भीड बढेको थियो । सो भीड अनियन्त्रित बनिसकेको थियो । सो भीडलाई सान्त्वना दिँदै उद्घोषकले बारम्बार सबै जना भित्र छिरेपछि मात्रै प्रमोद खरेलको प्रस्तुती देखाइने बताइरहेका थिए । भीड झन बढ्दै थियो ।

धनकुटा महोत्सवमा आयोजकको कमजोरीका कारण भागदौड मच्चिएको छ । जुन घटनामा परी ३० जना घाइते भएका छन् । घाइतेमध्ये २ जना बालकको अवस्था चिन्ताजनक छ । १६ जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

सो घटनामा परी घाइते भएकामध्ये धनकुटा ५ का ६ वर्षीय आबुहाङ लिम्बु र छथरजोरपाटी गाउँपालिका वडा नं. ३ का ६ वर्षीय सोम लिम्बुको विराटनगरस्थित गोल्डेल हस्पतालमा उपचार भइरको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीप्रसाद अधिकारीले जानकार दिए ।

सो भीडमा परी अंशु सुवेदी, विसन तामाङ, उदीप राई, आर्यन राई, नन्दकुमार तामाङ, विनिता लिम्बु, प्रवेश राई, शान्ता योगी, सुनील लिम्बु, श्रेया कटवाल, प्रकट श्रेष्ठ, कुसुम श्रेष्ठ, प्रेम दाहाल, विष्णु लिम्बु, गोमाकार्की, नारायण राई, सन्दिप साह, हिरा राना, प्रकाश प्रधान, बुद्धिमाया लिम्बु लगायत घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको धनकुटा अस्पतालमा उपचारपछि डिष्चार्ज भइसकेका छन् भने धरानमा उपचार भइरहकोहरुको पनि आज डिष्चार्ज हुने प्रहरीले जनाएको छ ।

मुस्किलले ३ हजार क्षमता रहेको स्थानमा दोब्बर दर्शकको भीड रहेको थियो । दुई तर्फको महोत्सवस्थलको गेट बन्द गरिएपछि बाहिर उल्लेख्य भीड बढेको थियो । दर्शकले पटकपटक अर्काे गेटबाट पनि प्रवेश गराउन माग गर्दा पनि आयोजक तर्फका सुरक्षाकर्मीले अटेर गर्दै गेट घरी खोल्ने, घरी बन्द गर्ने गरिरहेका थिए । सोही क्रममा केही बेर ढुंगा हानाहानसमेत भएको थियो ।

पुर्वी नेपालमै पहिलोपटक मेलामा भागदौड हुँदा यतिका संख्यामा घाइते भएको यो पहिलो घटना हो । शनिबार गायक प्रमोद खरेल पाँचौं धनकुटा महोत्सव आयोजना स्थल तल्लो टुढिखेलमा प्रवेश गर्न लागेका थिए भने खरेलको प्रस्तुती सकिएपछि खेलाइने हाउजीमा स्कुटर राखिएको थियो । जसका कारण पनि जिल्लाभरबाट दर्शक ओइरिएका थिए । भीड असामान्य बनेपछि मेला स्थगित बन्यो ।

गायक प्रमोद खरेल पाँचौं धनकुटा महोत्सव आयोजना स्थल तल्लो टुढिखेलमा प्रवेश गर्न लागेका थिए । जुन बेला साँझको ८ बजिसकेको थियो । त्यो बेला दर्शकको भीड गेटमा निक्कै जम्मा भएको थियो । शुक्रबारसम्म साँझ ८ बजेपछि प्रवेश स्थल निःशुल्क थियो । तर, शनिबार हाउजीमा स्कुटर राखिएको थियो । जसका कारण पनि जिल्लाभरबाट दर्शक ओइरिएका थिए ।

सांगीतिक कार्यक्रम सकिएपछि हाउजी खेलमा भने निस्शुल्क रूपमा प्रवेश पाउने आशामा महोत्सवस्थलको गेटमा सर्वसाधारणको भीड बढेको थियो । तर, आयोजकले गेट नखोलेपछि गेटमै झडप भएको भागदौड मच्चिएको थियो ।

 

र यो पनि ...

धनकुटा महोत्सव हेर्न आउँदा च्यापिएर २ दर्जन घाइते, अधिकांसलाई धरान पठाइयो

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...