धनकुटा महोत्सव हेर्न आउँदा च्यापिएर २ दर्जन घाइते, अधिकांसलाई धरान पठाइयो

Dhankuta mahotsab ghaite

धनकुटा । धनकुटा महोत्सवस्थल हेर्न आउनेको भीड अनियन्त्रित हुँदा धनकुटामा करिव २ दर्जन घाइते भएका छन् । महोत्सवमा गायक प्रमोद खरेल आउने भनिएपछि दशृकको भीड थियो ।

कार्यक्रम स्थलमा प्रवेश गर्ने बेला भउको भीडले किचेर करिव २२ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको धनकुटा अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सबैलाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

सो भीडमा परी अंशु सुवेदी, विसन तामाङ, उदीप राई, आर्यन राई, नन्दकुमार तामाङ, विनिता लिम्बु, प्रवेश राई, शान्ता योगी, सुनील लिम्बु, श्रेया कटवाल, प्रकट श्रेष्ठ, कुसुम श्रेष्ठ, प्रेम दाहाल लगायत घाइते भएका छन् ।

भीड बढी भएपछि पनि महोत्सव आयोजकले कार्यक्रम स्थलमा पस्ने गेट नखोलेपछि झडप भएको र झडपपछि भाग दौड मच्चिएको थियो । सो क्रममा च्यापिएर घाइते भएका हुन् ।

दुई तर्फको महोत्सवस्थलको गेट बन्द गरिएपछि बाहिर उल्लेख्य भीड बढेको थियो । अत्यधिक भीड रहेको बेला एकैपटक बन्द गरिएको गेटको ढोका खोल्दा ठेलमठेल हुँदा घाइते भएको जनाइएको छ । उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव घटनापछि तत्काल सञ्चालनमा रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् ।

गत माघ ६ देखि आयोजित महोत्सवको नवौ दिन शनिबार साँझ गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुति सुरु हुन केही क्षणअघि घटना भएको हो । मुस्किलले ३ हजार क्षमता रहेको स्थानमा दोब्बर दर्शकको भीड रहेको थियो ।

सांगितिक कार्यक्रममम सकिएपछि हाउजी खेलमा भने निःशुल्क रुपमा प्रवेश पाउने आशामा कार्यक्रम स्थलको गेटमा सर्वसाधारण बसेका कारण भिड भएको हो ।

 

प्रतिकृया दिनुहोस