दसैंको अवधिमा देशभर वर्षा हुने, नवमी र टीकाको दिन भारी वर्षा हुने

Mausam news

काठमाडौं । यसपालि दसैँमा वर्षाले दुःख दिने देखिएको छ । मौसमविद्का अनुसार नवमीदेखि द्वादशीसम्म नेपालमा पानी पार्ने प्रणाली मनसुन सक्रिय हुने सम्भावना बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार अपराह्न ४ बजे ‘दसैँका लागि विशेष मनसुन बुलेटिन–७’ जारी गरी दसैंको अवधिमा देशभर वर्षा हुने प्रक्षेपण गरेको हो । कतिपय प्रदेशमा निकै ठूलो वर्षा हुने सम्भावना पनि देखिएको छ ।

बुलेटिनअनुसार बंगालको खाडीमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा असोज १८ गते (नवमी) देखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने देखिएको हो । जसले गर्दा नवमीबाट वर्षाको मात्रा बढ्दै द्वादशी (असोज २१) सम्मै देशभर पानी पर्ने सम्भावना देखिएको हो ।

महाशाखाले भनेको छ स् तसर्थ यी दिनहरूमा देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध छ ।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...