बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयबारे छानबिन हुनुपर्ने नेम्वाङको भनाई

Subash nembang 01012018122941

काठमाडौँ ।  स‌ंविधान सभाका अध्यक्ष सुवास नेम्वाङले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषय छानबिन हुनुपर्ने बताएका छन्। आज ६४ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेम्वाङले सांसदले यस्तो गम्भीर विषय उठाउँदा पनि त्यसै छाड्दा संसद् कमजोर हुँदै जाने स्पष्ट पारेका हुन्।

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अर्थ मन्त्रालयकै भन्सार विभागबाट २०७५ फागुन १ गते नायबसुब्बा पदबाट राजीनामा दिएका रघुनाथ घिमिरेलाई जेठ १४ गते मध्यराति बजेटमा हेरफेरमा संलग्न गराएका थिए।

अर्थमन्त्री शर्माले घिमिरे कार्यकक्षमा पस्ने बित्तिकै चुकुल लगाउन निर्देशन दिएर मन्त्रालयका कर्मचारीलाई घिमिरेले भनेअनुसार गर्न अह्राएका थिए। सोहि विषयलाई लिएर एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...