नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक भोली बस्दै

देश तथा विदेशबाट समेत गरी १५ सय भन्दा बढीको सहभागिता रहने

Ncp united socialist yakikrit samajbadi

काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठकको सोमबार बस्ने भएको छ । प्रज्ञा भवन, कमलादीमा अध्यक्ष माधवकुमार नेपालले सोमबार बिहान साढे ११ बजे बैठकको उद्घाटन गर्ने छन् । बैठकमा देश तथा विदेशबाट समेत गरी १५ सय भन्दा बढीको सहभागिता रहने एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीले पहिलो पटक केन्द्रीय परिषद्को बैठक बोलाएको हो । बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभागका सचिवहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका अध्यक्षहरु, प्रदेश सम्पर्क कमिटीका अध्यक्षहरु, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहकार लगायतका सदस्य स्वतः सदस्य हुने व्यवस्था छ ।

केन्द्रीय परिषदमा प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रतिनिधि पनि सहभागी हुनेछन् । केन्द्रीय परिषदको बैठकमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीबाट समृद्ध भएर आएको चुनाव सम्बन्धी प्रतिवेदनमाथि छलफल हुने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...