नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

Samajbadi party

काठमाडौँ ।  नेकपा  एकीकृत समाजवादी पार्टीको आज केन्द्रीय कमिटीको बैठक बस्दैछ । मन्त्री फेर्ने विषयले आन्तरिक विवाद चर्किएको बेला बैठक बस्न लागेको हो । भालिसम्म चल्ने बैठकमा बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान संगठनात्मक अवस्थाका बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा पार्टी स्थापना भएको करीब ८ महिनाको अवधिमा देशव्यापीरूपमा भएका सांगठनिक विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्र्तक्रियाका साथै प्राप्त राजनीतिक उपलब्धि बारे समीक्षा हुनेछ ।

बैठकमा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरी आवश्यक समीक्षाका साथै नयाँ कार्ययोजना तयार गरिने बताइएको छ । यसअघि शुक्रबार बसेको पोलिटब्यूरो बैठकमा केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनबारे छलफल भएको थियो ।

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले ३ साता अगाडि नै सरकारमा सहभागी ४ जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिपरिषद्मा हेरफेर गर्न नचाहेका कारण मन्त्रीपरिषद बैठक हेरफेर भएका छैन् ।

एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीसहित १० जना सांसदले मन्त्रीहरु फिर्ता बोलाउने निर्णयको विरोध गरेका छन् । सरकारमा रहेका मन्त्रीसहित एकीकृत समाजवादीका १० जना सांसदहरुले मन्त्री फेर्नेबारे छलफल तथा निर्णय गर्न संसदीय दलको बैठक बोलाउन आग्रह समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...