सरकारसँगको साँठगाँठका कारण न्यायालय विवादमा परेको प्रदीप ज्ञवालीको आरोप

Pradeep gyawali 2021

काठमाडौँ । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले सरकारसँगको साँठगाँठका कारण न्यायालय विवादमा परेको आरोप लगाएका छन् ।

मंगलबार गुल्मीको रेसुङ्गा नगरपालिकामा एमालेको अधिवेशन उद्घाटन गर्दै उनले न्यायाधीशको मागमा मन्त्री पद बाँड्नु लज्जास्पद भएको बताए ।

उनले जनताले वर्षौंदेखि न्याय मागिरहेका बेला सरकारसँग गठबन्धन गरेर न्यायालय बिटुलिएको बताए । कार्यपालिका र न्यापालिकाबीच अपवित्र साँठगाँठ भएको पनि ज्ञवालीले बताए । सरकार जति दिन रहन्छ त्यतिदिन देशका लागि ऐँझेरु रहेको बताए ।

जयसिंह धामीको मृत्यु, सुकुम्बासी आयोग खारेज र सयौं आयोजना कटौती गर्नु सरकारको विकासविरोधी गतिविधि भएको ज्ञवालीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...