तीन तहकै निर्वाचनको तयारी थाल्न नेता कार्यकर्तालाई ओलीको निर्देशन  

Nepal pm oli

काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले अब मुलुक तीन तहकै निर्वाचनतर्फ जाने भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई तयारी रहन निर्देशन दिएका छन् ।

मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिकारइलाका अधिवेशन केन्द्रीय कार्यालयबाट जुममार्फत उद्घाटन गर्दै अध्यक्ष ओलीले केन्द्रीय, प्रादेशिक र स्थानीय तहको निर्वाचन गर्ने गरी मुलुकअघि बढ्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी रहन निर्देशन दिएका हुन् ।

यद्यपि, मिति र समय भने अहिले नै तय भइनसकेको भन्दै उनले अब मुलुक निर्वाचनतर्फ अघि बढ्ने बताए ।

कानुनको गलत प्रयोगबाट एमालेका हरेक नेता कार्यकर्तामाथि पीडा दिएको बताएका ओलीले एमालेले आफ्ना नेता तथा कार्यकर्तालाई अनुशासनमा राख्नसमेत नदिने गरी आदेशहरू जारी भएको टिप्पणी गरे । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...