प्रधानन्यायाधीशले राजीनामा नदिने अडान राखेपछि १४ न्यायाधीशको छुट्टै बैठक सुरु

Supreme court13

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कुरा नमिलेपछि १४ न्यायाधीशको छुट्टै बैठक सुरु भएको छ ।

सर्वोच्च अदालतमा भएको छलफलमा प्रधानन्यायाधीश जबराले सडकमा प्रश्न उठ्दैमा राजीनामा नदिने अडान राखेपछि न्यायाधीशहरू आगामी रणनीति तय गर्न छुट्टै बसेका हुन् । न्यायाधीशहरू बैठकमा बसेपछि आजका लागि पेसी तोकिएका मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

प्रधानन्यायाधीश जबराले आफू संवैधानिक ढंगले आएकाले सोही ढंगले जाने तर कसैले भन्दैमा राजीनामा नदिने अडान राखेपछि १४ जना न्यायाधीश फेरि बैठकमा जुटेको एक न्यायाधीशले बताए ।

जबरा बरु महाअभियोगको सामना गर्न तयार भएको तर कसैले भन्दै राजीनामा नदिने पक्षमा नरहेको सर्वोच्च अदालत स्रोतले बतायो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...