पछिल्लो २४ घन्टामा थपिए ३४८१ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

Corona virus photo

काठमाडौं । नेपालमा पछिल्लो समयमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । सोही क्रममा नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ४८१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ९०७ आरटी पिसिआर र ५ हजार ७४९ एन्टिजेन गरी कुल १६ हजार ६५६ जनामा परीक्षण गरिएकोमा ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका देशभरबाट १ हजार ८८५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ । निको हुने दर ९३.४ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा थप ३० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । १.५ प्रतिशत मृत्यु दर रहेको नेपालमा १० हजार १८० जनाले ज्यान गुमाइसकेका छन् ।

बुधबारसम्म ४५ लाख ७० हजार ५५३ जनाले खोपको पहिलो मात्रा र २८ लाख ८८ हजार ३६० जनाले पूर्ण मात्रा लगाइसकेका छन् । गत २४ घण्टामा १ लाख ९५ हजार २११ जनाले खोप लगाएका छन् ।

 

प्रतिकृया दिनुहोस