भयावह बन्दै कोरोना संक्रमण : एकैदिन थपिए ४,९०४ संक्रमित, ३५ जनाको मृत्यु

Covide test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार २१७ पीसीआर परीक्षण गर्दा ३ हजार १९४जना र ५ हजार ९०६ एन्टिजेन परीक्षण गर्दा १ हजार ७१० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर ३५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ।

देशभर हालसम्म ३७ हजार ३३२ सक्रिय संक्रमित छन्। मंगलबार २ हजार ११५ जना संक्रमणमुक्त भएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...