धनकुटामा क्रमसः घट्न थाल्यो कोरोना संक्रमण, आज १२ जनामा कोरोना पुष्टि

Dhankuta pcr lab

धनकुटा । धनकुटामा सोमबार फेरि ह्वात्तै बढेको कोरोना संक्रमण मंगलबार फेरि तुलनात्मक रुपमा घट्न थालेको छ ।

धनकुटामा हिजो सोमबार एकैदिन २९ जना कारोना पुष्टि भएकोमा आज १२ जनामा संक्रमण पुष्टि भएको छ भने आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो २ बजे सार्वजनिक गरेको विवरण अनुसार धनकुटामा आजसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय १२ रहेको जनाइएको छ ।

धनकुटामा १ सय ९४ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसनमा र १२ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायणा श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...