पछिल्लो २४ घण्टामा ३६५१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

Corona graff

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ६५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

आज देशभरबाट १ हजार ७८४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ । निको हुने दर ९३.५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ४५५ आरटी पिसिआर र ६ हजार १४९ एन्टिजेन गरी कुल १६ हजार ६९४ जनामा परीक्षण गरिएकोमा ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संक्रमितहरूमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा, ३ हजार ३८१ संस्थागत आइसोलेसनमा र ४४१ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै मुलुकभरका विभिन्न अस्पतालको आइसियूमा ७४१ जना र भेन्टिलेटरमा १८६ जना उपचाररत छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा २२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...