आज एकै दिन धनकुटामा २९ कोरोना संक्रमण पुष्टि, १६ जना कोरोनामुक्त

Dhankuta pcr lab

धनकुटा । आइतबार धनकुटामा शुन्यमा झरेको कोरोना संक्रमणदर सोमबार फेरि ह्वात्तै बढेको छ । आज धनकुटामा एकैदिन २९ जना कारोना पुष्टि भएको छ । यो सँगै धनकुटामा कोरोना संक्रमित हुनेको संख्या २ हजार ५ सय ५६ पुगेको छ ।

त्यसैगरी आज धनकुटामा १६ जना संक्रमणमुक्त भएका छन् । योसँगै धनकुटामा कोरोनामुक्त हुनेको संख्या संख्या २ हजार ३ सय २० जना पुगेको छ ।

हाल धनकुटामा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ७ जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । हाल जिल्लामा १ सय ४८ जना होम आइसोलेसनमा १० जना संस्थागत आइसोलेसनमा र १० जना अस्पतालमा उपचाररत छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...