थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन ५५ जनाको मृत्यु

Covid 19 nishannews

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १४ हजार ८७७ पुगेको छ ।

कोरोनाका कारण थप ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण १० हजार ९३ जनाले ज्यान गुमाएका छन् ।

आज ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १ सय ३७ जना र ३ हजार ३ सय ४५ एन्टिजेन परीक्षण गर्दा ४ सय ११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार २९ जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ जना रहेका छन् ।

जसमध्ये ३१ हजार ९६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८०२ जना आईसीयू र १८१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...