धनकुटामा शुन्य संक्रमित, १४ जना संक्रमणमुक्त

Dhankuta pcr lab

धनकुटा । अन्य दिन धनकुटामा कोरोना संक्रमितको संख्या बढे पनि आज आइतबार भने शुन्यमा झरेको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज दिँउसो जारी गरेको तथ्यांकअनुसार आज धनकुटामा कोरोना संक्रमण शुन्यका झरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भने शनिबार धनकुटामा कोरोना परिक्षण नगरिने भएका कारण पनि आजको तथ्यांक शुन्यमा झरेको देखिएको हो । धनकुटामा आज कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ९४ मा झरेको छ ।

यसअघि हिजो २०८ जना रहेको सक्रिय संक्रमित संख्या आज १४ जना निको भएसँगै १ सय ९४ मा झरेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

योसँगै जिल्लामा कोरोनालाई जित्नेको जम्मा संख्या २ हजार ३ सय ४ जना पुगेको छ । हाल जिल्लामा १ सय ७३ जना होम आइसोलेसनमा १३ जना संस्थागत आइसोलेसनमा र ८ जना अस्पतालमा उपचाररत छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...