पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

Coronav660

काठमाडौँ । नेपालमा थप तीन हजार दुई सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार ८ सय ६६ जनाको पीसीआर र  चार हजार ७ सय ७ को एन्टिजेन गरि १३ हजार पाँच सय ७३ नमूनाको परिक्षण गर्दा तीन हजार दुई सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएकामध्ये झण्डै २४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म सात लाख ८० हजार ८ सय आठ जनामा संक्रमण पुष्टि भइसकेको छ ।  यस्तै थप एक हजार सात सय २२ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ ।

यस्तै थप १९ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३८ पुगेको छ । अहिले नेपालमा ३५ हजार चार सय ३२ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये सात सय ४६ जनाको आईसीयू र एक सय ६९ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...