भुटानले दिएको ३ लाख डोज खोप काठमाडौं आइपुग्यो

Bhutan khop

काठमाडौँ । भुटान सरकारले दिएको झन्डै तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ ।

खोप ल्याएर आएको भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान ९.४० मा त्रिभुवन विमानस्थलमा आइपुगेको हो । स्वास्थ्य सेवा विभागले शनिबार भुटानबाट खोप आउने जनाएता पनि एक दिनअघि नै भुटानले खोप पठाएको हो ।

भुटानले आफ्ना योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो । खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार २१ बाकस खोप आइपुगेको छ ।

भुटानबाट आएको यो खोप कोभिशिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई प्राथमिकताका साथ दिइने विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...