धनकुटामा १६ जनामा कोरोना पुष्टि, २० जना कोरोनामुक्त

Dhankuta pcr lab

धनकुटा । धनकुटामा सोमबारको तुलनामा कोरोना संक्रमण केही कम भएको छ । सोमबार २६ जनामा कोरोना संक्रम देखिएकोमा आज सो संख्या घटेर १६ जनामा कोरोना पुष्टि भएको छ ।

हिजो धनकुटामा ३० जना कोरोनामुक्त भएकोमा आज २० जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्ला कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ३ सय ९८ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ हजार १ सय ९५ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

हाल धनकुटामा १७५ जना सक्रिय संक्रमित रहेको रहेका छन् । ती मध्ये १४२ जना होम आईशोलेसनमा, २० जना संस्थागत आईशोलेसनमा र १३ जना अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...