निरन्तर बढ्न थाल्यो कोरोना संक्रमितको संख्या : थप ३१२५ जनामा संक्रमण पुष्टि, २३ जनाको मृत्यु

Coronav660

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घण्टामा देशभर २३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ ।

देशभर हालसम्म ३१ हजार ६२९ जना सक्रिय संक्रमित छन् । सोमबार १ हजार ९२५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ६१३ पीसीआर तथा ३ हजार १९८ एन्टिजेन परीक्षण भएको थियो।संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ९० जना र भेन्टिलेटरमा १ सय ७५ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभरबाट १ हजार ९ सय २५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको छ । निको हुने दर ९४.१ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...